काठमाडौं, चैत २० – नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ६ पुगेको छ ।
गत चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्तिमा कोरोना संक्रमण भेटिएको बताए ।
नेपालमा भेटिए कोरोनाका पाँचौ संक्रमित योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
ती व्यक्ति चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । यसअघि पनि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले यसबारे थप विवरण आउन बाँकी रहेको र आएपछि विस्तृतमा जानकारी गराइने बताए ।
पत्रकार सम्मेलनमा देवकोटाले हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा पोजेटिभ भेटिएको जानकारी दिए ।
अहिले केन्द्रीय प्रयोगशालामा थप ४३ वटा परीक्षण भइरहेको तथा धरानमा पनि १२ वटा नमुना परीक्षण भइरहेको देवकोटाले बताए ।
यस्तै हाल १०५ जना आइसोलेसनमा रहेका छन् भने जसमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् ।
FACEBOOK COMMENTS