काठमाण्डौँ — नेपालमा सरकारी तहबाट पहिलो पटक वैज्ञानिक सम्मेलन हुने भएको छ ।
विकासमा वैज्ञानिक पद्धतिको सदुपयोग गर्ने उद्देश्यले काठमाडौंमा आगामी वैशाख र जेठमा सार्क राष्ट्रस्तरीय र राष्ट्रियस्तरको वैज्ञानिक सम्मेलन गर्ने जनाएको छ ।
प्रदेश नम्बर ३ को उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयले वार्षिक नीति तथा कार्यक्रममा समेटेको युवा वैज्ञानिक सम्मेलन र सार्कस्तरीय वैज्ञानिक सम्मेलनका लागि त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेको छ ।
आगामी वैशाख १० र ११ गते काठमाडौंमा राष्ट्रियस्तरको युवा वैज्ञानिक सम्मेलन हुनेछ भने जेठ २२ र २३ गते काठमाडौंमा सार्क राष्ट्रका वैज्ञानिकहरूको सम्मेलन हुनेछ ।
सम्मेलनले देशको तीव्र आर्थिक, भौतिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS