काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म नेपालमा ३३ लाख ५४ हजार ९५ जनाले कोरोना खोपको पहिलो वा दुवै खोप लगाएको जनाएको छ। कोरोना खोप लगाउनेमध्ये २५ लाख ९९ हजार ५५३ जनाले पहिलो डोज मात्र र सात लाख ५४ हजार ५४२ जनाले दुवै डोज लगाइसकेका छन्।
नेपालले हालसम्म अनुदान र खरिद गरी कूल ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ।