काठमाण्डौँ — सरकारले नेपालमा नै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका औषधिहरूलाई विदेशबाट आयात गर्न रोक लगाउने तयारी गरेको छ ।
नेपालमा नै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका र कुनै पनि अवस्थामा अभाव नहुने औषधिको सुनिश्चितता गरी त्यस्तै प्रकारका औषधि विदेशबाट ल्याउन रोक गर्न लागिएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए।
औषधि परामर्श परिषद्को बैठक बसी गरिएको सो निर्णय मन्त्रिपरिषद्मा पठाउने तयारी भएको उनको भनाइ छ ।
मन्त्री यादवले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न यस्तो नीति लिइएको बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS