![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – वायु सेवा निगमले ल्याएको ए ३३० २०० उडाउने पाइलटलाई मासिक १८ लाख तलब दिइने भएको छ । नेपालमै पहिलो पटक ल्याइएको २७४ सिट क्षमताको वाइड बडी सञ्चालन गर्ने पाइलटलाई १८ लाख र को पाइलटलाई १२ लाख दिने तयारी निगमले गरेको हो ।
निगमका महानिर्देशक सुगत रत्न कंसकारले अब १३ वटा विमानलाई नयाँ ढंगले अघि बढाउने बताए ।
‘२ वटा वाइड बडी सञ्चालन गर्नका लागि जम्मा ३६ जना पाइलटको आवश्यक हुन्छ, अहिले वाइड बडि सञ्चालन गर्नका लागि ३ जना विदेशी पाइलट रहेका छन्, निगमले केहि महिना पछि ६ जना पाइलट र ६ जना को पाइलट तयार गर्नेछ, कंसकारले भने ।
FACEBOOK COMMENTS