![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — नेपालमै साइबर जोखिमको इन्स्योरेन्स सुरु भएको छ ।
एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि बैंक तथा वित्तिय संस्थाहरु उच्च साइबर जोखिममा देखिएका थिए भने बीमा कम्पनीहरुले त्यसको बीमा गर्ने योजना बनाएका थिए ।
नेपाल इन्स्योरेन्सको साइबर क्राइमसम्बन्धी बीमा पोलिसी स्वीकृत गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए ।
नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले पनि साइबर क्राइम सम्बन्धी बीमा पोलिसीले स्वीकृति पाएको बताए ।
उनले नेपालको वित्तिय प्रणाली उच्च साइबर आक्रमणको जोखिममा रहेकाले पनि इन्स्योरेन्स गराउनु अनिवार्य भएको बताए
नेपालमा पछिल्लो समय एटिम ह्याक गरेर पैसा चोरी भैइरहेको छ ।
FACEBOOK COMMENTS