डिएन घिसिङ
रामेछाप , ०९ चैत्र – कोराना भाइरसका कारण यतिबेला विश्व समुदाय नै सशंकित छ । अर्बौ जनसंख्या हायल कायल बनेको स्थित छ। अहिलेसम्म पनि नेपालमा कोरोना भाईरसको संक्रमण देखा परेको छैन, तथापी, नेपाल पनि यसबाट प्रभावित बनेको छ । पछिल्लो समयमा ईटालीमा चुलिदो मृत्युदर, छिमेकी मुलुक भारतमा पढदो संक्रमण र मुत्युका घटना साथै विश्वका अधिकांश मुलुकमा देखिएको यसको संक्रमणले नेपाली समुदाय सशंकित बनिरहेको छ । भोलीको दिनमा नेपालमा एक जनामा मात्रै पनि संक्रमण देखा पर्यो भने यहाँको स्थिती पनि भयावह हुन सक्छ भनेर सरकार र नागरिक तहबाट पूर्व सावधानी अपनाउन थालिएको छ । र यो विषम परिस्थितीमा नेपाल स्थित स्वदेशी एवं विदेशीहरुले सहयोगका कार्यक्रम संचालन गर्न थालेका छन् । तीनै मध्येमा नेपाल र नेपालीलाई माया गर्ने एक विदेशी पनि सहयोग अभियानमा सामेल छन् । साहनुभूति मात्रै हैन सहयोगको हात समेत बढाउने ती मनकारी विदेशीहरु हुन् न्युजिल्यान्डका बेरी कोन्युतशन । जसले विपद्को यस घडीमा सहयोग संकलन गर्दै रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका स्थित माने गाउँमा स्वास्थ्य सामाग्री तथा अति आबश्यक उपभोग्य बस्तु वितरण गरेका छन् ।
नेपालको स्वास्थ, शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग पुर्याउदै आएका बेरीले ‘विपद् सुरक्षा -पाउना घर’ निर्माण गर्ने घोषणा समेत गरेका छ्न्। दोरम्बा स्थित माने गाउँमा निर्माण हुने उक्त परियोजनालाई १०लाख बराबरको रकम सहयोग गर्ने बेरीले बाचा गरेका छ्न्। आगामी ६ महिना भित्र उक्त भवन तयार पार्ने लक्ष्य रहेको उनले जानकारी गराएका छ्न् ।उक्त भबनको उद्घाटनमा आफु स्वयम सहभागी हुने बेरीले बताए। दोरम्बा स्थित माने गाउँमा निर्माण हुने उक्त भवनलाई सोही वडाकी पूर्वजनप्रतिनिधि एवं समाजसेवी बिरु तामाङले जग्गा उपलब्ध गराउने भएका छन् । अतिथिको सुविधाको आवासका साथै शिक्षा र खेलकुद लगायत विशेष कक्षा संचालन गर्नको लागी भवन निकै महत्व हुने भएकाले यस निर्माण अभियानमा आफुले सक्दो सहयोग गर्ने समाजसेवी तामाङले बताइन्।
न्युजिल्यान्डका बेरीले पंक्तिकारसँगको संवादमा आफुमा नेपाल र नेपाली प्रति अगाध माया रहेको कुरा दर्शाएका छ्न् । विश्वको पहिलो सगरमाथा आरोही एडमन हिलारीको नजिकैको मित्र भएका कारणले पनि नेपाल प्रति सधै भावनात्मक र आत्मीयता रहेको उनले बताए। ब्याबसायीका अलबा जापानी तरबारबाजी खेलविज्ञ समेतको रुपमा ६७ बर्षिय बेरी न्युतसन न्युजिल्यान्ड र जापानमा परिचित छ्न्।
FACEBOOK COMMENTS