काठमाडौं, असोज २७ – लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण भएको छ ।
नेपालगन्जस्थित् भेरी अस्पतालमा स्वाव परिक्षण गर्दा सांसद चौधरीमा संक्रमण पुष्टि भएको जनाईएको छ । सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई सुगर र निमिनियाको समस्या समेत देखिएको भेरी अस्पतालले जनाएको छ । हाल, उनको स्वास्थ्यमा सुधार आएको पनि जनाईएको छ ।
FACEBOOK COMMENTS