काठमाडौं, असोज २६ – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई कोरोना पुष्टि भएको छ । पाँच दिनदेखि लगातार ज्वरो आएका उनलाई कोरोना पुष्टि भएपछि चाबहिलस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ ।
पूर्वमन्त्री थापा, उनकी श्रमती र चालकलाई कोरोना पोजेटिभ देखिएको छ। उनका छोरा सिद्धार्थ थापाका अनुसार परिवारका अरु सदस्यको स्वाब परिक्षण गर्दा नेगेटिभ देखिएको छ ।
‘बुबालाई अस्पताल भर्ना गरेका छौं, आमा लगभग स्वस्थ हुनुभएको छ’ सिद्धार्थले भने, ‘अरु हामी सबैको रिपोर्ट नेगेटिभ आयो । चालकलाई पनि कोरोना देखिएको छ ।’
थापालाई कोरोना देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका नेता कार्यकर्ताले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
FACEBOOK COMMENTS