नेपाली कांग्रेसको गएराति सम्पन्न विभिन्न क्लस्टरको मतगणनामा तीन सहमहामन्त्री निर्वाचित भएका छन्।महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। उनले दुई हजार ५३३ मत ल्याएकी छन्।
उनकी प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याइन्। महिलातर्फ चार हजार ६५० मत खसेकोमा ५४ मत बदर भएको थिए।
त्यस्तै, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन्। उनले दुई हजार २१२ मत ल्याएका छन्।
सहमहामन्त्रीका प्रत्यासी मानबहादुर श्विकर्माले दुई हजार १७५ र गंगा सुनारले २२९ मत ल्यानइन्। दलिततर्फ चार हजार ६७० मत खसेको थियो।
यसैगरी, आदिवासी जनतातितर्फ भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मत लिएर सहमहामन्त्री बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरे। आदिवासी जनजातीतर्फ चार हजार ६८१ मत खसेको थियो।
कांग्रेसमा आठ वटा सहमहामन्त्री हुने व्यवस्था छ। अब पाँच वटा सहमहामन्त्रीको मतगणना आज हुने निर्वाचन समितिले जनाएको छ।
आज मधेशी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुनेछ। मधेशी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षबाट महेन्द्र यादव, शेखर कोइराला पक्षबाट रामकृष्ण यादव र विमलेन्द्र निधि पक्षबाट रामकृष्ण यादव उम्मेदवार छन्।
खसआर्य समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट किशोरसिंह राठौर र डा. कोइराला पक्षबाट देवराज चालिसे उम्मेदवार छन्।
थारु समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट उमाकान्त चौधरी र डा. कोइराला पक्षबाट तेजुलाल चौधरी उम्मेदवार छन् भने मुस्लिम समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र डा. कोइराला पक्षबाट शेख वकिल उम्मेदवार छन्।
पिछडिएको क्षेत्र समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट जीवनबहादुर शाही, डा. कोइराला पक्षबाट बद्री पाण्डे र निधि पक्षबाट चेतराज बराल उम्मेदवार छन्।
FACEBOOK COMMENTS