काठमाण्डौँ —अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् ।
नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच शुक्रबारराजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिए ।
उनले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने बताए ।
— कारोबार
FACEBOOK COMMENTS