काठमाण्डौँ — उद्यम तथा व्यवसाय, रोजगारी, आर्थिक, कानुनी अधिकार र निर्णयमा नेपाली महिला अझै पछाडि रहेको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ ।
बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनको सूचकांकअनुसार नेपालका महिलाहरूले ५३.१३ अंक प्राप्त गरेका छन् ।
विश्वको औसत सूचकांक भने ७५.१३ छ ।
विमेन, बिजनेस एन्ड द ल’ प्रतिवेदनअनुसार दक्षिण एसियाका आठ मुलुकहरूमध्ये नेपाल पाँचौं नम्बरमा परेको छ ।
१० वर्षको तथ्यांकलाई आठ सूचकांकअनुसार १ सय ८७ देशमा गरिएको गणनामा नेपाल १ सय ६४ स्थानमा पर्छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS