काठमाडौं – नेपाली रुपैयाँ अमेरिकी डलरसंग आज सम्मकै कमजोर भएको छ । रुपैयाँ कमजोर हुदा नयाँ रेकर्ड कायम भएको छ ।
बिहीबारका लागि १ डलर बराबर ११३ रुपैयाँ २५ पैसा बिक्री दर तोकेको छ । अमेरिकी अर्थतन्त्र मजवुत हुँदा डलर बलियो भएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङानाले बताए ।
अमेरिकाले ल्याटिन अमेरिकी मुलुकसंग स्वतन्त्र व्यापार सम्झौता गरेपछि व्यापार बढ्ने अनुमानका आधारमा डलर मजवुत हुन गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण गरेका छन् ।
भारतीय रुपैयाँ डलरसंग कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंकले बिहीबारका लागि १ डलर बराबर ७०.८२ भारु तोकेको छ ।
स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ र बजार भाउ बढ्छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै ८ रुपैयाँले कमजोर भएको छ ।
FACEBOOK COMMENTS