काठमाडौं, माघ २०- नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा ल्याएको हो ।
स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पु¥याउने एसएमई कर्जा योजना ल्याईएको बैंकले जनाएको छ ।
त्यस्तै बैंकले एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि अघि सारेको छ । देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुन् बैंकले यो योजना ल्याएको जनाएको छ ।
FACEBOOK COMMENTS