![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठामाण्डौं– नेपाल इन्भेस्टमेन्ट बैंकले बाराको निजगढ नगरपालिकास्थित निजगढ बजारमा शाखा खोलेको छ ।
पर्साको वीरगन्ज लिंकरोडमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक (साबिकको एस डेभलपमेन्ट बैंक) स्थित शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
२५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।
महेन्द्र राजमार्गअन्तर्गत पथलैया र चन्द्रनिगाहपुरको बीचमा पर्ने निजगढलाई सरकारले स्मार्ट सिटी बनाउने भनिएको क्षेत्र भएको बैंकले स्मरण गरेको छ ।
FACEBOOK COMMENTS