काठमाडौं,कार्तिक २७- नेपाल इन्भेस्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
बुधबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS