काठमाडौं,चैत ५ – नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ । दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरका रूपमा सञ्चालित हुने बैंकले जनाएको छ ।यो नेपाल इन्भेस्टमेन्ट बैंक(एनआईबीएल) को १७ औं एक्सटेन्सन काउन्टर हो ।
एनआईबीएलले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS