काठमाडौं, चैत २४ – नेपाल इन्सुरेन्सको शुक्रबार चैत २७ गते वार्षिक साधारण सभा हुने भएको छ । सभा एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा गर्न चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुने भएकाले चैत १६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्ने भएको छ । सभामार्फत संस्थापक समूहबाट विशाल मिनरल्स एन्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवालको सञ्चालक समितिमा नियुक्तिलाई अनुमोदन गर्नेछ ।
नेपाल इन्सुरेन्सले हाल कायम १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश प्रस्ताव गरेको हो ।
FACEBOOK COMMENTS