काठमाडौं, बैशाख २३ – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । कोरोना भाइरसको महामारीलाई मध्य नजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण साधारण सभा तथा निर्वाचन स्थगित गर्नु परेको महासंघले जनाएको छ ।
यसअघि चैत २८ र २९ गते हुने भनिएको साधारण सभा तथा निर्वाचन कोरोना महामारीका कारण जेठ ७ र ८ गते गर्ने पदाधिकारीको बैंठकले निर्णय गरेको थियो । तर देशमा लकडाउन कायम रहेकोले साधारण सभा तथा निर्वाचन पुन: स्थगित गरिएको महासंघले जनाएको छ । महासंघले पछि उपयुक्त समयमा पदाधिकारी समितीबाट ५४ औं बार्षिक साधारण सभा तथा निर्वाचन मिती तय गरिने जनाएको छ ।
FACEBOOK COMMENTS