काठमाडौं, ४ असार – नेपाल उद्योग वाणिज्य महासंघको चुनाव साउनको अन्तिम साता हुने भएको छ । २०७६ चैत्र २७ र २८ मा हुनुपर्ने साधारण सभा र चुनाव कोभिड –१९ का कारण स्थगन भएको थियो ।सरकारले चैत्र ११ गते देखी लागु हुने गरि देशैभर लकडाउन लागु गरे पस्चात महासंघले यथास्थितीमा चुनाव गर्न नसकिने र नहुने भन्दै चुनावको मिती जेठ ०७ गते गर्ने भनि सारेको थियो । यद्यपी उक्त मितीसम्म पनि निरन्तर लकडाउन जारी रहँदा महासंघको पूर्व निर्धारित तालिका पुन: प्रभावित बन्न पुग्यो ।
तर पछिल्लो समयमा सरकारले जारी लकडाउनलाई खुकुलो पार्दै कम जोखिमयुक्त र अति आवश्यक क्षेत्रलाई आम्शिक रुपमा ब्यापार व्यवसाय संचालन गर्न दिने निर्णय लिए लगत्तै महासंघमा पुन: चुनावको कुरा उठन थालेको थियो । यसै माझ उक्त सरकारी निर्णय लगत्तै महासंघ चुनावको संघारमा पुगे छ । जसका लागि आगामी २०७७ साउनको अन्तिम सातामा चुनाव गर्ने निर्क्यौल महासंघले गरीरहेको छ ।
महामारीले जनमानसमा फैलाएको त्रास, सरकारले गरेको लकडाउन र मन्त्रिपरिषदले साउनको २० सम्म २५ जना भन्दा माथिको भेला सभा समाहारोलाई बन्देज लगाउने निर्णय लिएकाले सो पछि महासंघको साधारण सभा गर्न लागिएको हो ।
महासंघका वर्तमान अध्यक्ष भवानी राणाका अनुसार महासंघको साधारण सभा गराएर नेतृत्व हस्तान्तरण गर्ने दायित्व समेत आफ्नो भएकाले कोरोना महामारीको बीच पनि कसरी महासंघको साधारणसभा गर्न सकिन्छ र साथै अहिलेको बिषम परिस्थितीमा निजी क्षेत्रको क्षति कसरी कमगर्ने भन्नेमा समेत सरकारसँगै मिलेर कामगर्ने चुनौतिहरु पार गर्दै लगेको बताएकी छीन् । यी दुवै चुनौतीमा आफु खरो उत्रदै आएको उनको भनाई छ ।
यता कोभिड –१९ संगै महासंघको चुनावी समिकरणमा परिर्वतन भैरहेको समेत देखिएको छ । यसपालीको चुनावमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्ष लगायत अरु पदमा चुनाव हुनेछ । यसपालीको चुनावको केन्द्र विन्दुमा वरिष्ठ उपाध्यक्ष उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधान छन् । दुवै जनाले औपचारीक चुनावी घोषणा समेत गरिसकेका छ भने अरु पदका उमेदवारहरुको भने घोषणा हुन बाँकी नै रहेको छ ।
FACEBOOK COMMENTS