साउन २१ । नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभा र चुनाब अव नयाँ मोडालिटी वाट हुने भएको छ । नयाँ मोडालिटी तय गर्न बुधबार भएको कार्यसमिति बैठकले ६ सदस्यीय समिति समेत गठन गरेको हो ।
समितिमा कार्यकारिणी सदस्यहरु रञ्जित आचार्य, अरुण सुमार्गी, भरत आचार्य, डीबी बस्नेत, बिनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ छन् । यो समितिले १५ दिनभित्र साधारणसभा र चुनाबको मोडालिटी तयार पार्नेछ ।
संसरमा कोरोना संक्रमण रहिरहने अवस्था देखिएपछि साधारणसभामा कम सहभागिता गराउने र चुनाब समेत विद्युतीय मतदानमा जान सक्ने विषयमा समेत छलफल भएको थियो ।
FACEBOOK COMMENTS