![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ– नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीहरुको क्षमता विकासको लागि मोटिभेस्नल कार्यक्रम आयोजना गरेको छ ।
सोल्टी होटेलमा प्रतिस्पर्धात्मक र दिगो व्यवसायको लागि विजनेश लिडर कसरी भन्ने नाराका साथ कार्यक्रम भएको हो ।
५० भन्दा धेरै व्यवसायी सहभागी उक्त ट्रेजेक्टरीमा भारतका आनन्द मुन्सीले तिन घण्टा प्रशिक्षण दिएका थिए ।
उनले व्यवसयी कसरी सफल हुन सक्छन् । विश्वमा मानिस कसरी धनी भए, मानिसले इमोशनले निर्णय लिनु पर्छ कि बौद्धिकताले भन्ने विषयमा विभिन्न भिडियो सहित सहभागिलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगाएतको उपस्थीती थियो ।
FACEBOOK COMMENTS