काठमाडौं, चैत २१- नेपाल एसबिआई बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि रु १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।
उक्त रकम मध्ये रु ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा रु ५ लाख सहयोग गर्नेछ । यसका साथै बाँकीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने जनाएको छ ।
बैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल सरकार तथा विभिन्नसंस्था, वर्ग र व्यक्तिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको छ ।
FACEBOOK COMMENTS