काठमाडौँ, मंसिर ५ – नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर ४ गतेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजन समेतका लागि ३ दशमलव ४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
FACEBOOK COMMENTS