काठमाडौं, माघ १९- नेपाल-चाइना चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजले १२ हजार थान मास्क चीनलाई प्रदान गरेको हो ।नेपाल–चीन चेम्बर अफ कर्मस एण्ड इन्डस्ट्रिजका महासचिव विवेक पौडलले चाइनीज तिब्बत चेम्बर अफ बोर्डर ट्रेडलाई मास्क सहयोग गरेका हुन् ।
चीनमा फैलिएको कोरोना भाइरसका कारण त्यहाँको जनजीवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसंग चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ ।
नेपालसँग सिमा जोडिएको चिनीयाँ प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत भित्रिन सक्ने सम्भावना रहेको हुँदा यसका लागि मास्क सहयोग गरिएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।
FACEBOOK COMMENTS