![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– नेपाल चीन जोड्ने काठमाडौं– केरुङ रेल आयोजना प्राविधिकरुपले सम्भव देखिएको छ।
चिनियाँ प्राविधिकहरुले तयार पारेको पूर्व सम्भाव्यता अध्ययनले यो रेल आयोजनालार्इ सम्भव देखाएको हो।
निर्धारित समय अवधिभन्दा एक महिना अगावै उनीहरुले अध्ययन सकेर प्रतिवेदन तयार गरेका छन्। चिनियाँ प्राविधिकहरुले प्रतिवेदन तयार भएपछि प्राविधिक पुनरावलोकनका लागि नेपाली पक्षलार्इ बोलाएका थिए।
नेपाली र चिनियाँ टोलीका बिचमा तीन दिनसम्म भएको छलफलमा प्राविधिक पुनरावलोकनको काम भएको थियो।
रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार प्रतिवेदनले केरुङ–काठमाडौं रेल आयोजनालार्इ प्राविधिकरुपले सम्भव देखाएको छ। यो रेलमार्ग निर्माण सम्भव देखिएपनि चुनौतिपूर्ण रहेको उनले बताए।
चिनियाँ कम्पनी चाइना फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनअनुसार चीनको सिमावर्ती शहर केरुङबाट काठमाडौंसम्म रेलमार्ग निर्माण गर्नका लागि ९ वर्ष लाग्ने छ।
अहिले चीनले सिगात्सेसम्म रेलमार्ग निर्माण गरिरहेको छ। सिगात्सेबाट केरुङ करिब ५ सय किलोमिटरको दूरीमा पर्दछ। सन् २०२२ सम्ममा चीनले केरुङसम्म रेलमार्ग निर्माण गर्ने योजनाको काम गरिरहेको छ।
FACEBOOK COMMENTS