काठमाण्डौँ — नेपाल चेम्बर अफ कमर्स र ‘इन्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्स’बीच द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा इन्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्ससँगको सम्बन्धमार्फत ल्याटिन अमेरिकी मुलुकबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकसम्म विस्तार गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदानलाई थप विविधीकरण गर्ने लगायत विषय समावेश छ ।
उक्त समझदारी पत्रमा नेपाल चेम्बरका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डो–ल्याटिन अमेरिकन चेम्बरकातर्फबाट अध्यक्ष राजकुमार शर्माले हस्ताक्षर गरे ।
— कारोबार
FACEBOOK COMMENTS