नेपाल चेम्बर अफकमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्थाकमजोर भई उच्चशिक्षाहासिलगर्नबाट बञ्चितभएका मेहनतीतथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदानगरि उनीहरुलाई रोजगारमुखीशिक्षाप्रदानगर्नु हो ।
यो छात्रवृत्तिप्राप्तगरेकाछात्राहरुले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध)क्याम्पस मैतिदेबीमा ३ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट स्नातकतह पढ्न पाएकापाउने भएकाछन् ।
१०ं२ पास वा सो सरह अध्ययन गरेकाविद्यार्थीले यो छात्रवृत्तिको लागिआवेदनदिएकाथिए । यस योजनाबाट महिलाविद्यार्थीहरुले ३ वर्षकालागिलाभलिने भएका छन् ।यस योजनाअन्तर्गतकाप्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ ।यो विषयअध्ययनकालागिछात्रवृत्तिमा परेकाविद्यार्थीले ३ वर्षको अवधिभर रु.६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययनशुल्कको छात्रवृत्तिप्राप्तगर्न सक्नेछन् ।
चेम्बर र एल.बि.इ.एफ.(लर्डबुद्ध)क्याम्पसबीचभएको समझदारीपत्रअनुसार गठीत छनौट समितिले छात्रवृत्ति छनौट गरेको थियो ।
छात्रवृत्तिमा परेका छात्राहरुमा अनु पौडेली, संखुवासभाप्रदेश न. १, मेनुका गुरुङ, इटहरी, प्रदेश न. १, सुप्रया ठाकुर, रौतहट प्रदेश २, अन्वेषा खड्का, दोलखा, प्रदेश न. ३, र कृटिना श्रेष्ठ, काठमाडौं, प्रदेश ३ परेका छन् ।
आगामीवर्षदेखी सबै प्रदेशको प्रतिनिधिहुने गरी छनौट गर्ने व्यवस्थागरिएकोचेम्बर अफकमर्सको शिक्षातथा खेलकुद समितीकाअध्यक्षश्री दिपककाजीतुलाधरले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS