काठमाडौं, पुस ८- नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । टेलिकमले आफ्ना शेयरधनीहरुलाई आव २०७५/०७६ को नाफाबाट प्रति शेयर ४५ रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ४५ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल सरकारले स्वीकृतिदिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
नेपाल टेलिकमको १२ औं वार्षिक साधारण सभा यहि पुस २९ गते दिउँसो १ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा हुने जनाइएको छ । साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि २९ गतेसम्म कम्पनीको शेयर दाखिला खारेजको काम बन्द९बुक क्लोज० गरिने सञ्चालक समितिले निर्णय गरेको छ ।
FACEBOOK COMMENTS