काठमाडौं, जेठ ३० – नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यालय कमलादीमा शुक्रबार भर्च्युअल माध्यमबाट भएको दोश्रो विशेष साधारणसभाले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित भएको हो ।
साथै प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न लायतका कार्यका लागि नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
विशेष साधारण सभामा सञ्चालकहरु प्राध्यापक हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकारलगायत आधारभुत शेयरधनीहरुको उपस्थिति थियो ।
२०४९ सालमा स्थापना भएको निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकालदेखि हालसम्म आफ्नै इतिहास बोकेको छ ।
FACEBOOK COMMENTS