काठमाडौं,पुस ४ -नेपाल बंगलादेश बैंकले काठमाडौं मनहरा – ६ स्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेर्को छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ अपाङ्ग आश्रय नेपालमा रहेका बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो ।
बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए ।उक्त अवसरमा संस्थाका अध्यक्ष्य गोपल बहादुर कार्कीले सहयोगका लागि बैंकलाई धन्यबाद ज्ञापन गरेका थिए ।
बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरु तथा बालबालिकाहरुका जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
FACEBOOK COMMENTS