काठमाडौ – नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट प्रालि भारतले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनी २७ गतेसम्म सञ्चालन हुने छ ।
निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामग्री तथा प्रविधिहरु विदेशी संस्थाहरुका सामु देखाउने प्रदर्शनीको उद्देश्य भएको मिडिया स्पेसका म्यानेजिङ डाईरेक्टर सिर्जल भट्टराईले बताएका छन् ।
प्रदर्शनीमा संसारका विभिन्न देशका ३ सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने छन् ।
निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुका बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिका बारे जानकारी गराउन यो प्रदर्शनी ४ वर्षदेखि कोसेढुङ्गा साबित हुँदै आएको छ ।
FACEBOOK COMMENTS