काठमाडौं, मंसिर १- नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । वार्षिक १०% व्याज सहित सात वर्षको लागि बैंकले डिबेन्चर निष्काशन गरेको हो ।
बैंकले डिबेन्चर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कुल २५ लाख कित्ता ऋणपत्रमध्ये १५ लाख कित्ता ब्यक्तिगत तवरबाट र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ ।
ऋणपत्र निष्काशनका लागि सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिलका प्रमुख कार्यकारी अधिकृत सबीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS