काठमाडौं, माघ ९ – नेपाल बैंक लिमिटेडले कर्पोरेटपे प्रणालीको सुरु गरेको छ। आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो।
उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।
सम्झाैताअनुसार बैंकमा नगई आफैले फन्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सकिन्छ।
FACEBOOK COMMENTS