काठमाडौं,चैत १० – मन्त्रिपरिषद् बैठकले स्थापना गरेको कोरोना संक्रमण नियन्त्रणका कोषमा नेपाल बैंकले एक करोड रुपैंया सहयोग गर्ने भएको छ ।
बैंक संचालक समितिको बैंठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरानो भाइरस देशभा फैलिन नदिनका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ५० करोड रुपैयाँको कोष स्थापना गरेको थियो । सरकारले कोष स्थापना गर्ने वित्तिकै नेपाल बैंकले सहयोगको घोषणा गरेको हो ।
FACEBOOK COMMENTS