काठमाडौं, चैत २६- बुधबारबाट सबै वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन् । नेपाल बैकर्स संघमा जुटेको सहमति अनुसार वाणिज्य बैंकाहरूले बचत खाता तथा मुद्दती निक्षेपमा दिने ब्याजको सीमा घटाउन शुरु गरेका हुन् ।
बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याज दर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएका छन्। बैंकहरुले डेढ वर्ष पुरानो भद्र सहमति पुनरावलोकन गर्दै ब्याज दर झारेका हुन्। अब ऋणको ब्याज दर पनि घट्ने छ।
सोही सहमति अनुरुप नेपालको जेष्ठ बैंक नेपाल बैंक लिमिटेडले पनि व्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ। निक्षेपतर्फको सार्वजनिक गरेको नयाँ ब्याजदर २०७७ बैशाख १ गतेदेखि लागु हुने बैंकले जनाएको छ ।
नयाँ ब्याजदर तालिका अनुसार सबैप्रकारका निक्षेपमा एक देखि डेढ प्रतिशत ब्याजदर घटाइएको छ ।
मुद्दती निक्षेपको अधिकतम ब्याजदर सीमा ९.२५ प्रतिशतबाट घटाएर ८.२५ प्रतिशत कायम गरिएको छ । त्यसमध्य संस्थागत निक्षेपको ब्याजदर ८.५० प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ ।
FACEBOOK COMMENTS