तेल अभिभ – नेपाल र इजरायलका कूटनैतिक राहदानी बाहकले ९० दिनसम्मका लागि प्रवेशाज्ञा लिनु नपर्ने भएको छ । नेपाल सरकार र ईजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै दुवै देशका कुटनितिक राहदानी बाहकले सो सुविधा उपयोग गर्न पाउने भएका हुन ।
नेपाल वा ईजरायलमध्ये कुनै राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु नपर्ने भएको हो । ईजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट राजदूत डा. अन्जान शाक्य र ईजरायल सरकारको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री गाबी आस्केनाजीले हस्ताक्षर गरेका थिए ।
यस अवसरमा नेपाली राजदुत शाक्यले नेपालमा लर्न एण्ड अर्न परियोजना मार्फत ईजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ वा परामर्शदाताको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिईन ।
त्यसैगरी केयर गिभिङमा पुन: नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि दुई पक्षबीच कुराकानी भएको थियो।
FACEBOOK COMMENTS