काठमाडौं, चैत ३० – सिराहाको लाहन नगरपालिका १३ गढिया चोक स्थित अमिता ज्वेलर्सका सञ्चालक प्रदीप विश्वकर्मालाई लुटेराहरूको समुहले गत शनिवार गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटेको घट्ना प्रति नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले ध्यानाकर्षण गराएको छ । उक्त घट्नाको घोर भर्त्सना गर्दै अपराधीलाई अविलम्व कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन महासङ्घले माग गरेको छ ।
साथै लुटेराहरूको आक्रमणबाट सख्त घाइते भएकी श्रीमती अमिता विश्वकर्माको स्वास्थ्योपचारको उचित व्यवस्था गर्न पनि नेपाल सरकार समक्ष महासंघ माग गरेको छ । शान्ति सुरक्षाको कमी कै कारणले आभूषण व्यवसाय जोखिमपूर्ण बन्दै गएको अवस्थामा यस घट्नाले मुलुकभरका गहना व्यवसायीहरू आतङ्कित र थप त्रसित हुन पुगेका पनि जनाइएको छ ।
सोही कारण शान्ति सुरक्षालाई थप प्रभावकारी तुल्याई व्यवसायीहरूको मनोबल बढ्ने अवस्थाको सिर्जना गर्न र यस्ता आपराधिक समुह र तिनीहरूका क्रियाकलाप माथि कडा नियन्त्रण गर्न माग गरिएको छ ।
FACEBOOK COMMENTS