काठमाडौं, ११ वैशाख – आजदेखि नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘नेपाल सुपर लिग २०२१’ को मुख्य प्रायोजक किया नेपालले धनगढी फुटबल क्लबसँग पनि साझेदारी गरेको छ ।
किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरूको जर्सीमा कियाको लोगो देख्न पाइने छ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधि मार्फत पनि ब्रान्ड सचेतना जगाइने कियाले बताएको छ । किया नेपालले प्रतिस्पर्धाका बेला सबै खेलाडीलाई महामारीबाट सुरक्षित राख्न आवश्यक सुरक्षा उपाय र पूर्व सावधानी अपनाउने जनाएको छ ।
किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनीले जनाएको छ । किया अस्ट्रेलियन ओप, फिफा वर्ल्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युइएफए युरोपा लिग नेशनल मोटर स्पोर्टस जस्ता खेलहरूमा आबद्ध छ ।
नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने ७ वटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फम्र्याटमा (हरेक टीमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलाइँदै छ ।
यो पनि पढ्नुहोस्–
नेपाल सुपरलिगमा सहभागी टीम ‘एफसी चितवन’लाई डिशहोमको प्रायोजन
FACEBOOK COMMENTS