काठमाडौं, माघ ९ – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सेन्ज नेप्सेमा समायोजन भएको छ ।
नेप्सेले लघुवित्तको १४.७५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य तोकेको छ । नेप्सेले बोनसपछि प्रतिकित्ता १ हजार ३४० रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो । लघुवित्तको बिहीबार १ हजार ५३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही अन्तिम मूल्यका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।
यसअनुसार शुक्रबार समायोजित भएको मूल्यलाई आधार मानेर लघुवित्तको आइतबार दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।
लघुवित्तले लाभांश पारित गर्न माघ २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । शनिबार संस्थाको केन्द्रिय कार्यालय, गैँडाकोट नवलपुरमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS