काठमाडौं, माघ १५ –नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७७ साल माघ ११ गते आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज नेप्से १६.५५ अंकले घटेर दुई हजार चार सय २५ दशमलब २९ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बढेका छन् भने अन्य ९ समूह घटेका छन् । आज ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् ।
FACEBOOK COMMENTS