काठमाडाैं, १९ माघ –नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको दोस्रो दिन आज सोमबार हरियाली छाएको छ । हिजो आइतबार नेप्से ५४.७५ अंकले घटेर राताम्मे भएको थियो ।नेप्सेका अनुसार आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा पुगेको छ भने झण्डै ७ अर्बको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्डबाहेक अन्य सबै समूह बढेका छन् । आज १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।
FACEBOOK COMMENTS