काठमाडौं, भदौ २० । नेशनल लाईफ इन्स्यारेन्सले अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको ४१७ औं बैठकले कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर दिन लागेको हो । कम्पनीले आर्थिक वर्ष २०७५।७६ को लाभांश भने घोषणा गर्न बाँकी छ ।सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS