काठमाडौं, कार्तिक २७- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ ।
केन्द्रीय कार्यालय, लाजिम्पाट आज एक कार्यक्रम आयोजना गरी स्व.सुचिता खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गरेकोमा वोनस सहित रु.६२,२०,००० (रु.वासठी लाख बीस हजार) को रकम बीमा दावी वापत भुक्तानी गरिएको हो । उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व.सुचिता खनालको श्रीमान रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा उक्त दावी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले वताए । रामेश्वर प्रसाद खनालले वीमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा ब्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे ।
FACEBOOK COMMENTS