काठमाडौं, साउन ३२ – नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १७.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश दिन लागेको हो ।
यसले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । नेसनल लाइफको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको छ । साढे २ प्रतिशत बोनस वितरणपछि पुँजी ३ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS