काठमाण्डौँ — नेपाल वायुसेवा निगमले न्यारोबडी जहाजका लागि आह्वान गरेको इन्जिन मर्मतको टेन्डर प्रक्रिया तत्काल अगाडि नबढाउन लेखा समितिले निर्देशन दिएको छ।
निगमको वाइडबडी र न्यरोबडी जहाजको इन्जिन मर्मतको प्रस्तावमा विवाद आएको भन्दै थप अध्ययन गर्नुपर्ने भएकाले तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएको हो।
बैंठकमा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरत शाहले निगमको जहाज मर्मतको काम अर्को आदेश नआएसम्म प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको बताए।
लेखा समितिले निगमको वाइडबडीको पावर बाई आवर पाउन अयोग्य भएको कम्पनीको उजुरीका आधारमा न्यारोबडी जहाज मर्मत प्रक्रिया रोकिदिएको हो।
— अन्नपुर्ण
FACEBOOK COMMENTS