काठमाडौं, भदौ ३० – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३७१ पुगेको हो ।
नेपालमा दैनिक कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ। मंगलबार भने एकै दिन सबैभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। यसअघि शुक्रबार एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो।
कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो।
प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ६४० छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्। क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको थियो।
FACEBOOK COMMENTS