![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) शुक्रबार बिहान बाँडफाँड भएको छ ।
रितिपूर्वक आवेदन दिने १ लाख ४६ हजार ३८९ जनामध्ये एक लाख १०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
आईपीओमा कुल आवेदकमध्ये ६८ प्रतिशत अर्थात १ लाख १०० जना आवेदकले सेयर पाएका छन् भने ३२ प्रतिशत अर्थात ४६ हजार २८९ जनाको मात्र हात खाली भएको छ ।
कम्पनीले ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको छ । आईपिओमा १ लाख ४६ हजार ३८९ जना आवेदनबाट एक करोड ८४ लाख ७३० कित्ता सेयर माग गरेका थिए ।
FACEBOOK COMMENTS