काठमाडौं, वैशाख ३१ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित विरामीका लागि अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाएर विद्यमान कोरोना संक्रमण नियन्त्रणका लागि सम्पूर्ण सार्थ्य प्रयोग गरिने बताएका छन् ।
आज शुक्रबार शितलनिवासमा भएको सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका हुन् ।
उनले राज्यका सबै अंग यसमा परिचालित हुन पनि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले महामारीको समयमा सेवा भावका साथ सहयोग गर्न सबैमा अपिल गरेका छन् ।
उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS