काठमाडौं,चैत ४- काभ्रेपलाञ्चोकको पनौतीमा जिल्ला प्रशासन कार्यालयले अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु जारी गरेको छ ।
टिप्परको ठक्करबाट सोमबार पनौती नगरपालिका ५ मानेश्वरीमा आमाछोरीको ज्यान गएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबिच र प्रहरीबीच झडप हुदाँ प्रहरी र केही स्थानीय घाइते भएका थिए । स्थिति सामान्य नबनिसकेकाले र पुन झडपको स्थिती सृजना नहोस् भनी प्रशासन कार्यालयले अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाएको हो ।
बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।
त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो ।
FACEBOOK COMMENTS